
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
धादिङ- २८ जेठ ।
बालेन सरकारले सूरु गरेको शनिबार -आईतबारको दुई दिने सार्वजनिक विदाले निजी क्षेत्र,न्युन वर्गिय नागरिकको जिविको पार्जनमा ठुलो समस्या निम्त्याएको अवस्था छ । यसका साथै विद्यालय जाने बालबालिकाहरुको दुई दिने विदाको कारण पठन पाठनमा निकै समस्या भैइरहेको थियो । तर राज्य कोषबाट सुविधा पाउने कर्मचारी तथा जनप्रतिनिधिहरुको लागी भने विदामा पनि तलव भत्ता उाउने भएपछी खुशी नै थिए ।
सोही कारण सरकारका मातहतका कर्मचारीले यसको विरोध जनाएका थिएनन् । समुदाय र न्युन वर्गिय तथा दैनिक रुपमा ज्यालादारी गरी खानेका लागी भने सरकारको यो हप्तामा दुई दिने विदाका कारा निकै मारमा परेका भएपनि सरकारले यस विदालाई हटाउन नचाहेको अवस्थामा बल्ल आज नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले दुईदिने बिदा दिने निर्णय सच्चाउन माग गरेका छन् ।
प्रतिनिधिसभा बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले दुई दिने सार्वजनिक विदाका कारा सेवाग्राहीलाई समस्या परेको बताए । उनले सरकारले एक हप्तामा दुई दिन बिदा दिने नियमले सरकारी कर्मचारी, पारिश्रमिक खाने सबै राष्ट्रसेवकहरू एक हप्तामा दुई दिन बिदाको सुविधा पाएका छन् ।
तर सेवाग्राहीलाई भने कति मर्का परेको छ ? यसको हिसाब सरकारसँग छ ? पूरै वर्षमा यसरी हप्ताको दुई दिन बिदा दिँदा सेवाग्राहीलाई समस्या परेको छ,’ उनले भने, ‘शनिबारको बिदा आइतबार दिए हुन्छ । दुई दिनको बिदा बन्द गरेर साविककै एक दिन दिन माग गर्छु ।’








प्रतिक्रिया दिनुहोस