आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

आज विभिन्न स्थानमा वर्षा तथा केही स्थानमा चट्याङको सम्भावना

२०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -२९ जेठ ।
हाल देशभरमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। सोही कारण आज गण्डकी,लुम्बिनी, कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भुभागमा सामान्यदेखि आंशिक बदली छ ।

सुक्रबार दिउँसो कोशी, मधेस, बागमती लगायत हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई भुभागका एक–दुई स्थानमा वर्षा हुने सम्भावना छ।

साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भुभागमा मौसम बदली हुने तथा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस