आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

गोदावरी खोलाले २ महिलालाई बगाउँदा एकको मृत्यु, एक बेपत्ता

२०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
कैलाली-२९ जेठ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिकास्थित च्याउ टिप्न गएका २ महिलालाई गोदावरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की १ महिला बेपत्ता भएकी छिन्।

आजै बिहान अन्दाजी ६ः४० बजेतिर गोदावरी नगरपालिका–४ गोदावरी खोलामा राति परेको अविरल वर्षाले बाढी आएको सोही बाढीले दुई महिलालाई बगाएकोमा एक जना मृत्यु भएको हो भने संगै गएकी अर्की एकजना हालसम्म वेपत्ता भएकी हुन् ।

स्थानीय र प्रहरीको खोजीका क्रममा गोदावरी नगरपालिका–४ निवासी जीवन धमलाकी श्रीमती ५५ वर्षीया महेश्वरी धमला गोदावरी खोलाको मसानघाट नजिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

साथै ऐ.ऐ. स्थानमा घर भएकी अर्की ४० वर्षीया कल्पना साउदको भने बाढीले बगाएर बेपत्ता भएको अवस्था छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

महेश्वरी धमला र कल्पना साउद शुक्रबार(आज) बिहान अ.६ बजेतिर जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए । बाटौमा पर्ने खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हुन सक्ने आशंका गरिएको छ।

उनीहरुको उद्धारका निमित्तअस्थायी इलाका प्रहरी पोस्ट गोदावरी, मालाखेती तथा अन्य सुरक्षा निकायका टोलीहरूले बेपत्ता साउदको खोजी गरिरहेका छन्। भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस