आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

धादिङ प्रहरी कार्यालयद्वारा पत्रकार भेटघाट गरी सम्पादित कार्यको जानकारी

२०८३ जेष्ठ ३०, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ ३० जेठ ।
जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार भेटघाट कार्यक्रमको  गरी केही दिन यता जिल्लामा सम्पादित मुख्य कार्यको जानकारी गराएको छ ।

सुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा भएको पत्रकारहरुका बिचमा २०८३ वैशाखयता प्रहरीले सम्पन्न गरेका अपराधिक कार्यमा संलग्न भएका हरुलाई नियनत्रणमा लिई कानुनी कारवाही अघि बढाईएको जानकारी दिएको हो ।

सोही क्रममा जानकारी दिनु हुंदै अनुगमनका लागी फिल्डमा खटिएका कर्मचारी (ईन्जिनियर)लाई कुटपिट गरी फरार रहेका धादिङ निलकण्ठ नगरपालिका ४ का एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। खानेपानी आयोजनाको निर्माण कार्य अनुगमन गर्न कार्यक्षेत्रमा खटिएका प्राविधिक टोलीमाथि आक्रमण गरी फरार रहेका र उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मल्लले यही जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित पौवा क्षेत्रका संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएको प्राविधिक टोलीमाथि आक्रमण गरी प्राविधिकलाई गम्भिर घाईते बनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी नायव उपरीक्षक एव्ं सुचना अधिकारी प्रकाश दाहालका अनुसार घटनामा सब–इन्जिनियर सुरेश आले मगर सामान्य घाइते छन् भने सुपरभाइजर हवेन्द्र कुमार यादव गम्भीर घाइते भएका र उनको अस्पतालमा उपचार भैइरहेको छ

सुचना अधिकारी एवं् प्रहरी नायव उपरीक्षक दाहाले पक्राउ परेका मल्लविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आवेगमा आई कुटपिट गरेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस