आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

आज कोशी प्रदेशमा भारी वर्षा हुने सम्भावना

२०८३ जेष्ठ ३०, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ ३० जेठ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको कारण मौसममा फेर बदली भैईरहेको छ ।

आज कर्णाली र सुदुरपश्चिम प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगमा साधारण तया बादल लाग्ने र बाँकी क्षेत्रमा आंशिक बादल छ।

अहिले दिउँसो कोशी प्रदेश तथा हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल र बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका एक–दुई स्थानहरू तथा बाँकी पहाडी र तराई भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमको वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भेगमा साधारणतया बादल लाग्ने र मधेश प्रदेशलगायत केही हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल तथा तराई भेगमा मौसम मूख्यतया सफा रहने छ।

यस्तै कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा साथै बाँकी पहाडी र हिमाली स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस