आज: २०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

आज देशका विभिन्न भुभागमा वर्षाको सम्भावना

२०८३ जेष्ठ ३१, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -३१ जेठ ।

हाल देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न स्थानमा मौसम बदली रहने छ ।

आज कोशी प्रदेशका केही स्थान र हिमाली–पहाडी क्षेत्रका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै मधेस,बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाइएको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भेगमा आंशिक मौसम बदली भही केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस