आज: २०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

यसपालि नेपालमा मनसुन भित्रिन अझै केही दिन ढिला हुने

२०८३ अषाढ १, सोमबार मा प्रकाशित ( २७ मिनेट अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ- १ असार ।
यसपालि मनसुन भित्रिन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार गत वर्षहरुमा नेपालमा सरदर २ दिन अघि देखी नै मनसुन सुरु हुने गरेकोमा यसपाली मनसुन भित्रिने २ दिन कटिसकेको बताउनु भयो । साथै नेपालमा वर्षे मनसुन भित्रिन अझै केही दिन ढिला हुने सम्भावना देखिएको जानकारी दिनु भयो ।

हाल स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले देशका केही भुभागमा भइरहेको बताइएको छ। यससंगै प्रशान्त महासागरमा एलनिनोु विकसित भएपनि एलनिनो कमजोर रहेको जनाइएको छ। सोही कारण नेपालमा मनसुन भित्रिन ढिला भइरहेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस