
नारी बाटिका
विराटनगर -२ असार ।
कोशी प्रदेश सरकारले शोमबार आगमी आर्थिक वर्ष २०८३,८४ को बजेट सार्वजनिक गर्दै सुशासन, आर्थिक र भौतिक पूर्वाधार विकास, सामाजिक विकास, विपद् व्यवस्थापन र वित्त व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएकोछ।
उक्त प्रदेश सरकारले कार्यसम्पादनमा विशेष जोड दिँदै संगठन संरचना र दरबन्दीको पुनरावलोकन गर्ने र केन्द्रीय सरकारको निर्देशन अनुसार हाल दिइँदै आएको आइतबारको सार्वजनिक बिदाबारे पुनरावलोकन गर्ने मन्त्री लिङ्थेपले जानकारी दिएका छन्।
यस्तै ऊर्जा क्षेत्रलाई थप अघि बढाउन जलविद्युत् कार्यक्रम अन्तर्गत ताप्लेजुङका घुन्सा र सिम्बुवा खोला जलविद्युत् आयोजना निर्माणका लागि १५ करोड तथा सोलुखुम्बुको आमादब्लम जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको हो।
यसका साथै कोशी प्रदेश सरकारले अतिरिक्त विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानका लागि ५ करोड बजेट छुट्याएको छ भने आगमी आर्थिक वर्षमा थप ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।








प्रतिक्रिया दिनुहोस