आज: २०८३ अषाढ ७, आईतबार | Sun, 21, Jun, 2026

कोशीमा भारी वर्षा हुन सक्ने, तराईका भुभागमा भने तातो लहरको जोखिम

२०८३ अषाढ ७, आईतबार मा प्रकाशित ( ४२ सेकेण्ड अघि) ३११ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -७ असार ।

यस वर्ष केही दिन ढिला गरेर नेपालको कोशी प्रदेशबाट प्रवेश गरेको मनसुनको प्रभाव परेको छ । आज कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभावले भारी वर्षाको सम्भावना छ । साथै देशका अन्य भू–भागमा पनि पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली छ । अन्य तराई भागको मौसममा आंशिक बदली छ भने अहिले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै आज दिउँसो हिमाली तथा पहाडी भुभाग र कोशी प्रदेशका तराई भेगमा साधारणतया बदली रहने छ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। त्यस्तै कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने तातो लहर चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराई भुभागका केही स्थानमा तापक्रम बढेर तातो दिन हुन सक्ने सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली हुने,र मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने छ । साथै बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने छ।

यसैगरी आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भुभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षासहित हिमपातको सम्भावना छ।

कोशी प्रदेशका तराई क्षेत्र, मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।

मनसुनीको प्रभावले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावित स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसका साथै मौसम सम्बन्धी सूचनामा जानकारी लिन पनि अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस