आज: २०८३ अषाढ ७, आईतबार | Sun, 21, Jun, 2026

नेताको अन्धसमर्थन होइन, गल्तीमा प्रश्न गर्नुस् : सभापति गगन थापा

२०८३ अषाढ ७, आईतबार मा प्रकाशित ( ९ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -७ असार ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्तालाई आफ्ना नेताले गल्ती गर्दा सही काम भनेर ताली नबजाउन सुझाव दिनु भएको छ ।

चितवनमा आजदेखी संन्चालिन रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले विगतमा ‘हामीले पनि पार्टीभित्र नेता तथा जिम्मेवार पदाधिकारीले गरेका गल्ति कमजोरीहरुलाई प्रश्न उठाउन नसक्दा आज आएर सिंगो पार्टीले नै ठुलै मुल्य चुकाउनु परेको धारणा व्यक्त गर्नु भएको हो ।

“नेपाली कांग्रेसले आफ्ना कमजोरीहरू समय मै सच्याउन नसक्दा जुन आजको अवस्था आयो ‘तर रास्वपाले त्यस्तो गल्ती दोहोर्‍याउन नहुने सुझाव दिनु भएको हो ।

‘रास्वपा महाधिवेशनलाई शुभकामना दिँदै “उहाँले भन्नु भयो” तपाईंहरूका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नोस्”। हामीले ढिला गरेर गल्ती गर्‍यौँ, तपाईंहरूले सोही गल्ति नगर्नुहोला”। आफ्नै नेतालाई प्रश्न गर्ने आँट राख्नुहोला,’ ।

सभापति थापाले “रास्वपाले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई नेपाली राजनीतिक इतिहासकै उल्लेखनीय घटनामध्ये एक भएको धारणा राख्नु भएको छ । चार वर्षको अवधिमा प्राप्त जनमतलाई ‘लोभ लाग्दो जनविश्वास’ हो। ‘यति छोटो समयमा यति ठूलो जनमत प्राप्त गर्नु सामान्य कुरा होइन”। यो जनताको ठूलो अपेक्षा र विश्वासको संकेत हो,’ उहाँले भन्नु भयो ।

सोही क्रममा उहाँले इतिहासमा पनि यसरी आएको अवसरहरू नेतृत्वको अहंकार, आन्तरिक द्वन्द्व र सत्तामोहका कारण गुमेका थुप्रै उदाहरणहरू रहेको स्मरण गराउनु भएको थियो । रास्वपाले पनि यस्ता कमजोरीबाट जोगिनुपर्ने उहाँको सुझाव छ।

‘सभापति थापाले भन्नु भयो इतिहासमा पटक–पटक जनताले नयाँ शक्तिलाई अवसर दिएका छन्। तर नेतृत्वबीचको अहंकार, टकराव र सत्ताको उन्मादका कारण ती अवसरहरू दुर्घटनामा परिणत भए । रास्वपाको हकमा पनि त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो शुभेच्छा हो,’।

यसैगरी हामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौँ। हामी आफूलाई सुधारेर, राम्रो काम गरेर र जनताको विश्वास जितेर अगाडि बढ्न चाहन्छौँ,’ उहाँको प्रतिज्ञा थियो ।

मन्तव्य कै क्रममा सभापति थापाले ‘हामी अहिले अरूसँग भन्दा बढी आफ्नै कमजोरीसँग लडिरहेका छौँ। बाहिरको प्रतिस्पर्धामा भन्दा पनि पहिले हामी आफ्नै घरभित्रको फोहोर मैला सफा गरेर,विगतका कमी कमजोरीहरुलाई सुधार गरेर जान आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ,’ उहाँले स्पष्ट पार्नु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस