आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

झापामा चट्याङ लागेर ३० वर्षीय युवकको मृत्यु

२०८३ अषाढ ९, मंगलबार मा प्रकाशित ( ३ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
झापा ९ असार ।

चट्याङ लागेर झापामा एक जनाको ज्यान गएको छ । मंगलबार झापा गौरीगञ्ज–३ सयपत्री टोलका ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भोजपुर स्थायी घर भई झापाको उक्त स्थानमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई आज बिहान आली खन्ने क्रममा चट्याङ लागेको प्रहरीका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑