आज: २०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

देशभर मनसुनी प्रभाव बढ्दै,केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा

२०८३ अषाढ १०, बुधबार मा प्रकाशित ( ४ मिनेट अघि) ३४२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -१० असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।जसको कारण अहिले कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका अधिकांश भागमा बादल लाग्ने छ । आज देशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै अहिले पनि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हाल मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै कोशी प्रदेशको तराई तथा मधेसका केही क्षेत्रमासमेत चट्याङ्गसहित वर्षा हुने छ।

तर लुम्बिनी, सुदूरपश्चिम प्रदेश,बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा भने तातो लहर भएकोले तातो दिन रहने सम्भावना छ। साथै आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी भुभागमा भने चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस