
बिबियु,नारी वाटिका डट्कम
धादिङ १९ असार ।
चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आक्रमण गर्ने व्यक्तीहरु धादिङको गजुरीबाट पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि उनकै कार्यकक्षमा बिहिबार बिहान निर्माण व्यवसायी लालबहादुर तामाङसहितका समूहलेआक्रमण गरेका हुन् ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो । प्रशासकीय अधिकृत बस्नेतमाथी उनकै कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले हिजो बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताएका छन् ।
कुटपिटबाट घाइते भएका अधिकृत बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार घटनापछि दोषीलाई कारबाहीको माग गर्दै गाउँपालिकाका कर्मचारीहरुले बिहिबार कार्यालयको काम बन्द गरेका थिए ।












प्रतिक्रिया दिनुहोस