
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१९ असार ।
सरकारले नेपाल प्रहरीका ८ जना एआईजीहरुलाई सरुवा गर्दै केन्द्रीय अनुसन्धानब्यूरो( सीआईबी ) मा उमाप्रसाद चतुर्वेदीलाई ल्याएको छ।
प्रहरी केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारीमा रहेका यसअघिका एआईजी डा. मनोजकुमार केसीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।
यसैगरी काठमाडौँ उपत्यका प्रहरी परिसरको प्रमुखमा अर्का एआईजी सुशीलसिंह राठौरलाई पठाएको छ। यसअघिका प्रमुख एआईजी ईश्वर कार्कीलाई प्रहरी हेडक्वार्टरको मानवस्रोत विभागमा सरुवा पठाइएको हो।
प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहनु भएका एआईजी सिद्धीविक्रम शाहलाई अपरेशन विभागमा सरुवा गरेको छ भने प्रहरी प्रतिष्ठानमा रहनु भएका एआईजी राजन अधिकारीलाई सरुवा गरेको छ ।
साथै प्रदेश समन्वय विभाग हेडक्वार्टरमा हुनु भएका एआईजी डम्बरबहादुर विकलाई प्रशासन विभागमा हुरफेर गरी प्रशासनमा रहनु भएका अर्का एआईजी हिमालय श्रेष्ठ लाई प्रदेश समन्वयमा सरुवा गरेको हो।












प्रतिक्रिया दिनुहोस