आज: २०८३ अषाढ २०, शनिबार | Sat, 04, Jul, 2026

धादिङ अदालतमा चालु वर्षमा६७ % फछ्र्यौट,सम्बन्ध विच्छेद मुद्धाको संख्या बड्दो

२०८३ अषाढ २०, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० असार ।

धादिङ जिल्ला अदालतमा यस चालु वर्ष २०८२ । ०८३ मा १ हजार १७ वटा मुद्दा फछ्र्यौट भएका छन् ।

गत आव को जिम्मेवारी सरी आएको ३२५,यस चालु आर्थिक वर्ष २०८२ साउन महिनादेखि ०८३ असार १८ सम्म ११ सय ९१ वटा मुद्दा दर्ता भइ कुल १५ सय १६ वटा मुद्दा थिए । जसमा यस चालु आव २०८३ असार १८ गतेसम्म १ हजार १७ वटा मुद्दा फैसला भई ६७ प्रतिसत मुद्दा फछ्र्यौट भएको हो ।

दर्ता भएकामध्ये १ हजार १७ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ४ सय ९९ वटा मुद्दा फैसला हुन बाँकी रहेको अदालतका श्रेस्तेदार राजेन्द्र लुईँटेलले जानकारी दिनु भयो। सुक्रबार धादिङ जिल्ला अदालतमा संन्चारकर्मीहरुबिच भएको छलफलका क्रममा वार्षिक लक्ष्य तथा प्रगति विवरण सार्वजनिक गर्नु हुंदै ले फैसला मुद्दा विस्तृत बताउनु भएको हो ।

कतिपय विभिन्न प्रकृतिका मुद्दामा दुबै पक्ष उपस्थित हुन नसक्दा केही मुद्दाहरु फैसला हुन ढिलाइ भएको श्रेस्तेदार लुईँटेलले बताउनु भयो। उहाँले पछिल्लो समय सातामा २ दिन सरकारी कार्यालयमा सार्वजनिक विदा हुने भएकोले ‘सेवा पनि बन्द हुदाँ जति संख्यामा मुद्दा दर्ता भएका छन् त्यसमा अपेक्षित परिणाम हासिल गर्न बाँकी रहेको बताउनु भयो । यद्यपि फछ्र्यौट हुन बाँकी मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्।’

यस्तै श्रेस्तेदार लुईँटेलका अनुसार वार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान, फछ्र्यौट लक्ष्य, गत आर्थिक वर्षको मुद्दाको लागत फछ्र्यौट र बाँकीको विवरण, फैसला कार्यान्वयन तर्फको विवरण भएको जनाइएको छ। मुद्दाका पक्षहरुमा सहभागी हुनुपर्ने नियमित मुद्दाका कामहरु बाहेक बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन दर्ता, पक्राउ पुर्जी जारी लगायतका तत्काल गर्नु पर्ने कामहरु गरिरहेको जानकारी दिनु भयो ।

धादिङ अदालतले दर्ता हुन आएका मुद्दाहरुमा सकेसम्म मिलापत्र गरी पठाउने गरिएको छ। पछिल्लो समय अन्य जिल्लाको तुलनामा धादिङ जिल्ला अदालतमा सम्बन्ध विच्छेद,अंशसम्बन्धी मुद्दा बढी मात्रामा आउने गरेको पाइएको छ।

२०७५ सालपछी सरकारले सम्बन्ध विच्छेदको लागि महिला र पुरुष दुबैको लागि कानुन खुकुलो बनाएपछि विगत केही समयदेखी धादिङ अदालतमा अत्याधिक रुपम सम्बन्ध विच्छेदको मुद्धा आउने क्रम बढेको अदालतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस