आज: २०८३ अषाढ २१, आईतबार | Sun, 05, Jul, 2026

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

२०८३ अषाढ २१, आईतबार मा प्रकाशित ( २५ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -२१ असार ।

जल तथा मौसम विज्ञान विभाग पर्वानुमान महाशाखाका अनुसार असार १९ गेतेदेखी असार २१ सम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नछ भने तराई भू-भागमा पनिआंशिक बादल लाग्नेछ । आज देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमवर्षाको सम्भावना छ ।

त्यस्तै लुम्बिनी प्रदेशका तराई तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै, तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुनेछ । मधेश प्रदेशका पनि एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा हुने ,सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लाग्ने, बाँकी प्रदेशमा आंशिक बादल लाग्ने, हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षासहितको हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशमा पहाडी र तराई भू-भागका केही स्थानमा स्थानमा, कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन,रचट्याङ्ग सहित मध्यम वर्षासहितको हिमपात हुनेछ ।

साथै कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस