आज: २०८३ अषाढ २१, आईतबार | Sun, 05, Jul, 2026

धादिङमा फलामको पाइपले हानेर आफ्नै छोराले गरे बुबाको हत्या

२०८३ अषाढ २१, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ – २१ असार ।

धादिङको गङ्गाजमुना गाउँपालिका–४, यार्साका एक युवकले फलामको पाइपले हानेर आफ्नै बुवाको हत्या गरेका छन्।

शनिबार अपराह्न घरायसी विषयमा बाबु छाुेराकोबिचमा विवाद हुँदा ३५ वर्षीय छोरा सुजन सुनारले आफ्ना ६० वर्षीय बुबा धननारायण सुनारको टाउकोमा फलामको पाइपले प्रहार गरेर हत्या गरेका हुन् ।

आफ्नै छोरा सुजनले तीन फिट लामो फलामको पाइप प्रहारबाट गम्भीर घाइते भएका सुनारलाई तत्काल फुलखर्क ग्रामीण अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक श्यामकुमार बस्नेतका अनुसार घटनामा संलग्न अभियुक्त परिवारले जनाए अनुसार मानसिक असन्तुलनको समस्या रहेको बताए पनि निजले कुनै मानसिक समस्याको औषधी सेवन गरिएको कागजात नभेटिएको बताउनु भयो ।

घटनालगत्तै सोही वडाका वडाध्यक्ष प्रेम घले र स्थानीय युवाहरूको सक्रियतामा अभियुक्तलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो।

स्थानीका अनुसार अभियुक्तले यसअघि  गाउँघरमा खसी बोका,कुखुरा लगायतका जे पनि चोरेर हिड्ने गरेको साथै संधै रक्सी खाएर जसलाई पनि आक्रमण गर्न खोज्ने गरेका थिए ।

तर निजका सम्वन्धमा पटक पटक प्रहरीमा खबर गर्दा पनि यसलाई थुनेर के खुवाएर पाल्ने हो र ?? भन्ने जस्ता कुराहरु प्रहरी गर्ने गरेकोले निज सुजनले गाउँमा सबैलाई डर धम्की देखाउने गरेको बताएका छन् ।

अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ राखिएको छ भने अभियुक्त सुजन सुनार हाल जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस