आज: २०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

देशैभर मनसुनी फैलियो : केही स्थानमा मध्यमदेखी भारी वर्षाको सम्भावना

२०८३ अषाढ २२, सोमबार मा प्रकाशित ( १५ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ-२२ असार ।

केही दिन ढिला गरी नेपालमा प्रवेश गरेको मनसुनी वायुले हाल देशभर प्रभाव पारेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण पट्टी तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपासमा छ । ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ साथै मधेस प्रदेशमा आंशिक बादल छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने साधारणतया बादल लाग्ने,कोशी, मधेस र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

त्यस्तै हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन,चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने म्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुइ स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुनेछ। मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा भने हावाहुरी चल्न सक्ने सम्भावना छ।

त्यसैगरी राति देशभरमा साधारणतया बादल लाग्ने, हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितको मध्यम वर्षा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थान, मधेस प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भाग, बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षा हुन सक्ने छ ।

यसैगरी तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस