
बिबियु,, नारी वाटिका डट्कम
धादिङ -२३ असार ।
प्रहरीले गजुरी गाउँपालिका(१ गजुरीबजारबाट ७ किलो ४१० ग्राम लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ । ड्युटीका क्रममा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको सुरक्षाका टोलीले गजुरी गाउँपालिका ६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई पक्राउ गरेको हो ।
प्रहरीले अधिकारीलाई काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रो बसमा यात्रा कै क्रममा पक्राउ परेका हुन् ।
उनले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र पहेँलो प्लास्टिक टेपले बेरेर राखिएका सात पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।
प्रवक्ता दाहालका अनुसार पक्राउ परेका अधिकारीको साथबाट लागू औषध गाँजासहित एक थान मोबाइल बरामद गरिएको छ भने अधिकारीलाई धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भैरहेको छ ।












प्रतिक्रिया दिनुहोस