
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२५ असार ।
धादिङको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विपद व्यवस्थापनका लागी ९ बुँदे कार्यसुचि तयार गरिएको छ ।
पछिल्लो समयमा देशभर फैलिएको मनसुनी वायुको प्रणाली सकृया भई हाल देशका विभिन्न भागमा अविरल वर्षा संगै बाढी पहिरोको जाखिम बढ्दै गएपछी धादिङमा पनि त्यस्ता विपद्का घटनाहरु हुन सक्ने पुर्वानुमान गरी जिल्लामा सतर्कता, राहत तथा उद्धारका लागी सम्वन्धित समेन्त्रहरुलाई तयारी अवस्थामा रहन बैठकमा छलफल गरिएको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पान्डेको संयोजत्वमा बसेको बैठकमा विगतका भएका निर्णयहरुको कार्यान्वयनको अवस्थाहरुको विषयमा समिक्षामिेत गरिएको थियो ।
बैठकमा विशेषगरी वर्षाको समय भएकाले पनि मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्को घटनालाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा समेन्त्रहरु, योजना, आयोजना, सरकारी कार्यालयहरु, स्थानीय तहले आवश्यक पुर्वतयारी गर्ने गरी उक्त बैठकले कार्यसुची तथार गरी कार्यान्वयनमा ल्याउन लागिएको हो ।
यसैगरी बैठकमा मनसुनजन्य विपद्का समयमा तथा विपद् पश्चात जिल्लामा अत्यावश्यक सेवाको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित सेवा प्रदायक कार्यालयहरु तयारी अवस्थामा रहने र जनशक्ति तथा स्रोतसाधनलाई तयारी अवस्थामा राख्न निर्णय भएको छ । साथै सम्बन्धित स्थानीय व्यवसायीले जिल्लामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन पनि छलफल गरिएको छ।
साथै विपद् जन्य घटनाको जानकारी दिन र लिन र विपद्को समयमा सहयोगको लागि नेपाल सरकारले टोल फ्रि नं. ११४९,नेपाल प्रहरीको हटलाईन १०० तोकेको हुँदा उक्त नम्बरलाई विपद्को दृष्टिकोणले जोखिमयुक्त स्थान, मुख्यतया राजमार्ग क्षेत्र लगायतका स्थानहरुमा तथा स्थानीयस्तरमा विभिन्न माध्यमको प्रयोग गरी यसको आवश्यक रुपमा प्रचार प्रशार गर्ने लगायतको निर्णय भएको छ ।












प्रतिक्रिया दिनुहोस