आज: २०८३ अषाढ २५, बिहिबार | Thu, 09, Jul, 2026

धोबीखोलामा हाम फालेकी एक महिलाको अवस्था अज्ञात,खोजी कार्य जारी

२०८३ अषाढ २५, बिहिबार मा प्रकाशित ( ४ मिनेट अघि) ८०७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -२५ असार ।
काठमाडौंको धोबीखोलामा आज एक अधबैँसे महिला हाम फालेकी थिईन । तर उनी को थिईन् र किन यसो गरिन् भन्नेमा पहिचान खुलेको छैन् । प्रहरीले उनको खोजी कार्य तिब्र बनाएको छ ।

हालको अविरल वर्षाको कारण भेल आएको काठमाडौंको कालोपुल र रातोपुलबीचको धोबीखोलास्थिमा एक अधबैँसे महिलाले हामफालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनु भयो ।

ति महिलाले सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी अन्दाजी ३५ वर्षकी महिलाले धोबीखोलामा हाम फालेको प्रहरीले जनाएको छ । हालसम्म भेटिएको छैन । उनको खोजीका लागि अहिले धोबी खोला क्षेत्रमा तालिम प्राप्त प्रहरीहरु परिचालन गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस