आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

धोबीखोलामा हाम फालेकी एक महिलाको शव बल्खुमा भेटियो

२०८३ अषाढ २६, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) ३०७० पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौँ- २६ असार ।

काठमाडौँको धोबीखोलाको रातो पुल र कालो नजिकै हाम फालेकी एक अधबैँश्य महिलाको शव बल्खुमा फेला परेको छ।

बिहिबार दिउँसो धोबीखोलामा आएर हामफालेकी महिलाको सशत्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले खोजीका क्रममा काठमाडौँ महानगरपालिका १४ बल्खु कुमारी क्लब नजीकैको बागमती नदीबाट महिलाको शव निकालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा आएर ति महिलाले हामफालेकी थिईन् । नेपाल प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा निकै बेर खोजी गरेका थिए ।

महिलाको शव साँझ भेटिए पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस