आज: २०८३ अषाढ २९, सोमबार | Mon, 13, Jul, 2026

मिडियालाई मनोवैज्ञानिक दबावमा राख्न गरिएको प्रयासप्रति रास्वपाको आपत्ति

२०८३ अषाढ २९, सोमबार मा प्रकाशित ( ३४ मिनेट अघि) ५९० पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं -२९ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज भएको विभिन्न सञ्चारमाध्यमका गेटमा राखिएका गाडीको विषयमा विज्ञप्ति जारी गरेको छ । शोमबार कान्तिपुर संन्चारगृह्र,हिमालय अनलाइन लगायतका संन्चारगृह्रको गेटमा पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य(मान्यताको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ ।

‘त्यस्तै एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता,नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढता पूर्वक उभिएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन् गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र राज्यको चौथो अङ्गलाई सङ्कुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नहुने रास्वपाले विज्ञप्ति मार्फत जनाएको छ।

साथै घटनाको तत्काल छानबिन गरी जो सुकै संलग्न भएको भए पनि तत्काल पहिचान गरी कानुन बमोजिम कारबाही गर्न रास्वपाले गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस