आज: २०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी चलाउन रोक

२०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ( ४१ मिनेट अघि) ८३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ ३० असार ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने तुइन खोला निजिकै पहिरो खसेपछी सवारी साधन चलाउन रोक लगाइएको छ ।

लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्रगत तुइनखोला पुल नजिक सोमबार साँझ अ.७ः२५ बजे पहिरो खसेर सडक अवरुद्ध बनेपछी जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको हो ।

यससंगै उक्त सडकखण्डका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएकोले अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रुपम सवारी संन्चालनमा रोक लगाइएको जनाएको हो ।

केही दिनदेखी लगातार भएको भारी वर्षाको कारण नारायणगढ मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेकोले स उक्त्त डकखण्ड भएर चल्ने सबै प्रकृतिका साना ठुला सवारी साधनहरूको आवागमन अर्को सूचना प्रकाशन नभएसम्म पूर्ण रूपमा रोक लगाइएको छ,” चितवन जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस