
देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो, साथै आज लुतो फाल्ने परम्परा
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१ साउन ।
आज साउने संक्रान्ति पर्व ।
परम्परा अनुसार देशभरका सनातनी धर्मालम्बिहरुले स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रम गरी यो पर्व मनाइँदै छ। आजबाट सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई साउने संक्रान्ति पर्वका रूपमा मनाउने गरिन्छ ।
आजकै दिनदेखि सूर्यको दक्षिणायन यात्रा सुरु हुने जनविश्वास छ। हरेक वर्ष माघ १ गतेदेखी सुरु हुने उत्तरायण र साउन १ बाट सुरु हुने दक्षिणायनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने प्रचलन छ।
विशेषगरी कृर्षी प्रदान देश नेपालका किसानीहरुले असार महिनाभर धान रोपाइँ लगायतका खेतबारीमा वर्षायाम पनि भएकोले झरीमा रुचmेर काम गर्नु पर्ने र त्यसमा पनि हिलो र मैलोका कारण लाग्नसक्ने छालासम्बन्धी रोग तथा वर्षाभरी रुझेर भिजेर काम गर्दा चिसोबाट बच्नको लागी पनि आज साउने संक्रान्तिमा ‘लुतो फाल्ने’परम्परा पनि रहि आएको छ।
आजको संक्रान्तिमा लुतो फाल्दा काग,भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती,अम्बा, नासपाती लगायत औषधीय जन्य वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको प्रतीकात्मक पूजा गरि अगुल्टो बाहिर आफ्नो घर,आँगनदेखी टाडा अर्थात कुनैपनि रोगहरु फर्केर त्यो घरमा आउन नसकोष भन्नाका खातिर भटभटायर लुतो फाल्दा रोगव्याधि र अशुभ शक्तिलाई घरबाट हटेर जाने धार्मिक विश्वास छ।
त्यसैगरी लुतो फाल्दा आ–आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने तथा घरका ढोका बन्द गर्ने जस्ता नेपाली समाजका समुदाय अनुसारको परमपरा छ।
यसका साथै साउन महिना सूरु भएपछी भगवान् शिव पृथ्वीमा झर्नु हुन्छ र यस महिनामा विशेषगरी भगवना संकरको आराधना,पुजापाठ,जप ध्यन,शिवालयको दर्शन आदी गर्नाले अझै धेरै धर्म मिल्ने मान्यता छ । विशेषगरी महिलाहरूेले यस महिनामा हरिया चुरा, हरिया वस्त्र तथा मेहन्दी जस्ता सिंगारका वस्तु लगाएर ब्रत बस्ने गरिन्छ भने पछिल्लो समयमा पुरुषहरुले पनि यस महिनामा भगवान शिवको उपासना गर्ने गर्दछनत् ।
हुनपनि महिला पुरुष अर्थात एक घरमा श्रीमान् श्रीमतीले संगै महादेव,भगवान ( आरध्य देवको ) उपासना बसी पुजा आरधना गर्न सके झनै उत्तम हुने र त्यस घरमा सान्ति छाई भगवनको वासहुने धार्मिक मान्यता छ । परम्परा अनुसार जो मानिस भगवना प्रति श्रद्धा,भक्ति र विस्वास राखी संधै सत्कर्ममा लाग्दछ त्यसलाई कुनै दृुख,कष्ट र अप्ट्याराहरु हटेर जाने जनविस्वास छ ।
यस महिनाभर काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशका शिवालयहरूमा दर्शन र पूजा–आराधनाका लागि दर्शनाथीको घुइँचो लाग्ने गर्दछ ।
त्यस मध्पनि साउन महिनाको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस महिनाभर सोमबारका दिन माछा,मासु,कुनै बिटलो कुरा नखाई शुद्ध भएर आफुलाई पायक पर्ने शिवालय मठ मन्दीरहरूमा भक्तजनहरु दर्शनका लागी जाने गर्दछन्।
यस वर्ष मलमास परेकाले साउनभर चार वटा मात्रै सोमबार छ । ती दिन शिवालयहरूमा विशेष पूजा, जलाभिषेक र भक्तजनको ठूलो घुईँचो लाग्ने अनुमान गरिएको छ।












प्रतिक्रिया दिनुहोस