आज: २०८३ श्रावण १, शुक्रबार | Fri, 17, Jul, 2026

‘मास्टर्नी’चलचित्रको गीतप्रति जनमासमा तिव्र अलोचना

२०८३ श्रावण १, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) १  पटक पढिएको
नारी बाटिका


नेपाल शिक्षक महासंघको तीव्र आपत्तिसहित शिक्षण पेसाको मानहानी भएकोले तत्काल हटाउन माग
नारी वाटिका डट्कम

धादिङ- १ साउन ।

नेपाली चलचित्र ‘मास्टर्नी’को हालै सार्वजनिक गरिएको गीतलाई लिएर नागरिक तहमा निकै आलोचना भएको छ ।

साथै उक्त चलचित्रको गित र भिडियोप्रति नेपाल शिक्षक महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको र सो गितप्रति तीव्र आपत्ति प्रकट गर्दै आज एक विज्ञेप्ति नै जारी गरेको छ।

महासंघले उक्त चलचित्रको गीतमा प्रयोग गरिएका शब्द र दृश्यहरूले महिला शिक्षक मात्र नभई समग्र शिक्षण पेसाकै मर्यादा र गरिमामाथि हिलो छ्याप्ने काम गरेको टिप्पणी गरेको हो।

नेपाली समाजमा सार्वजनिक विधामा आउने सिर्जनाहरू समाजप्रति उत्तरदायी हुनुपर्नेमा उल्टै बालबालिकाको उज्जल भविश्य बनाउने शिक्षक वर्गलाई नै अमर्यादित रूपमा चित्रण गरिनु निन्दनीय भएको महासंघको ठहर छ।

महासंघले नेपाली चलचित्रको यस्तो हर्कतको विरुद्धमा सुक्रबार अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्ति जारी गरी चलचित्रको गीतमा महिला शिक्षकप्रति लक्षित गरी अत्यन्तै भ्रामक, अमर्यादित शब्द र भाव संयोजन गरिएको जनाएको छ।

त्यसैगरी उक्त गित तथा भिडियोले शिक्षक र शिक्षण पेसाको सामाजिक प्रतिष्ठामा गम्भीर प्रहार गर्ने यस्ता सामग्रीहरू तत्काल बन्द गर्न तथा चलचित्रमा समावेश नगर्न महासंघले निर्माण पक्षसँग जोडदार माग गरेको छ।

महासंघले विज्ञेप्ति मार्फत भनेको छ यदि यस आग्रहलाई बेवास्ता गरी गीतलाई यथावत् राखिएमा देशैभरिका शिक्षकहरू आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी पनि दिइएको छ।   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस