
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१ साउन ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
सुक्रबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन वटा विषयलाई आधार बनायर नेता पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको भन्दै यस्तो आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानको प्रतिवेदनको आधारमा पौडेल विरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित बिहीबार मुद्दा दर्ता गरिएको थियो।












प्रतिक्रिया दिनुहोस