आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

जलबिरेमा तीन सवारीसाधन ठक्कर खाई ३०जना घाइते

२०८३ श्रावण ३, आईतबार मा प्रकाशित ( १ दिन अघि) १०२४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -३ साउन ।

चितवनको इच्छाकामना गाउँपालिका ६ जलबिरेमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्।

नारायणगढ(मुग्लिन सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु..प्र.०३(००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौं तर्फ आउँदै गरेको म.प्र.०३(००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३(००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटनामा परेको हो।

घटनामा घाइते भएका यात्रुहरूलाई उद्धारको गरी तत्कालै उपचार गर्न भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।

यसैबिच चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। तर अहिले अवरुद्ध नारायणगढ(मुग्लिन सडक सुचारु भएको छ ।

तर आज बिहानैदेखि उक्त सडकखण्डमा यातायात सुचारु भएलगत्तै यो दुर्घटना भएपछि सडक पुनः अवरुद्ध बन्न पुगेको भएपनि घटना स्थलमा सुरक्षाकर्मीको टोली खटिएर दुर्घटनाबाट क्षति भएका सवारीसाधनहरू हटाई अवरोध पन्छाएपछि सडक दुवैतर्फी रूपमा पुनः सञ्चालनमा आएको हो ।

साथै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेके छ भने थप विवरा आउन बाँकी ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस