आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

गोंगबुस्थित माउन्टेन होटलमा मृत भेटिएकी निशाको हत्यामा दुइ युवक पक्राउ

२०८३ श्रावण ५, मंगलबार मा प्रकाशित ( २ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम

काठमाडौँ -५ साउन ।
काठमाडौँ म.न.पा. २६, गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलको कोठाभित्र साउन ३ गते मृत भेटिऐकी एक महिलाको हत्या प्रकरणमा प्रहरीले २ व्यक्तिलाई पक्राउ गरेको छ ।

घटनाको सम्बन्धमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न २ जना युवकलाई पक्राउ गरिएको हो । उक्त घटना यही साउन ३ गते बिहान अ. ११ बजे माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बरको कोठामा काठको बक्स पलङभित्र राखिएको अवस्थामा महिलाको शव रहेको भन्ने प्रहरीले पाएको
सूचनापछि जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका –०७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनार रहेको खुल्न आएको थियो ।

घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका –०६ लटाली स्थायी घर भई हाल काठमाडौं –०३ चक्रपथ स्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका (०२ घर भई काठमाण्डौँ बस्ने ३८ वर्षीय दान बहादुर शाही रहेको प्रहरीले जनाएको

पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा कारबाही अघि बढाउनुको साथै उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस