आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

आज पनि देशभर भारी वर्षाको सम्भावना

२०८३ श्रावण ६, बुधबार मा प्रकाशित ( २ महिना अघि) ३६२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -६ साउन ।

हाल मनसुनी वायुको प्रभाव देशभरै कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

आज बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज राति पनि देशका अधिकांश क्षेत्रमा मौसम बदली भइ वर्षाको सम्भावना रहको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑