आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

बाढी पहिरोले धादिङवेशीको खानेपानीमा क्षति, पानी नपाएर नगरवासीमा हाहाकार

२०८३ श्रावण ६, बुधबार मा प्रकाशित ( १३ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ-६ साउन ।

धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भुलभुलेमा निरन्तर वर्षाको कारण गएको पहिरोले जिल्ला सदरमुकाम धादिङवेशी लगायतका आसपासमा वितरण भएको पिउने पानीमा पुर्ण रुपमा क्षति पुगेको छ ।

मंगलबार दिउँसो परेको भारी वर्षाले थप पहिरोको जोखिम बढाएको हो । सोही पहिरोले भुलभुलेमा रहेको सदरमुकाम धादिङवेशी लगायत नगरपालिकाभित्र आपुर्ति गरिँदै आएको खानेपाने आयोजना नै प्रभावित भएपछी अहिले जिल्ला सदरमुकाम धादिङ लगायतका स्थानमा खानेपानीको हाहाकार बन्न पुगेको हो ।

साथै सोही पहिरो निरनतर लेदोसहित ढ्ंगामाटो खस्न थालेपछि उक्त गाउँका चार घर परिवार पुरै विस्थापित भएका छन् भने गाउँका अन्य ४६ परिवारहरु समेत उच्च जोखिममा परेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस