आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

बीपी स्मृति दिवसको अवसरमा धादिङमा जरा अभियान कार्यक्रम

२०८३ श्रावण ६, बुधबार मा प्रकाशित ( १४ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ – ६ साउन ।

नेपाली कांग्रेस धादिङले ४४ औँ बीपी स्मृति दिवसको अवसरमा गत १ महिनादेखी संन्चालित जरा अभियान कार्यको आज समापन गरेको छ ।

धादिङका पार्टी सभापति रामनाथ अधिकारीको अध्यक्षतामा भएको जरा अभियान कार्यक्रममा पार्टिका केन्द्री सदस्य तथा प्रतिनिधीसभाकी समानुपातिक तर्फकी सदस्य उर्मिला थपलिया(सीता)को प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य सुशील अर्यालको विशेष आतिथ्यता रहेको थियो ।

सोही अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने पार्टी केन्द्रयि कार्यसमितिको निर्णय तथा कार्यक्रमको उद्देश्य अनुसार आज साउन ६ गते काठमाडौको युएन पार्कमा वृक्षा रोपण लगायतका विभिन्न सचेतनामुलक कार्यक्रम गरी जननायक विशेश्वरप्रशाद कोइरालाको सम्झना र उहाँले नेपाली राजनितिमा तथा मुलुकमा प्रजातन्त्र ल्याउनको लागी गर्नु भएको मुख्य भुमिका तथा योगदानको चर्चा गरी कार्यक्रम सम्मपन्न गरिएको हो ।

हरेक वर्ष मनाईने बीपी स्मृति दिवसको अवसर पारेर जिल्ला तहका सम्पुर्ण जिम्मेवार पदाधिकारीलाई सहभागी गराई यस धादिङ जिल्लामा पनि १ महिने जरा अभियान कार्यक्रमको समापन गरिएको छ ।

कार्यक्रममा विगत १ महिनादेखी संन्चालित जरा अभियानमा धादिङका १३ वटै पालिकामा पार्टीको कृयाशील सदस्यता व्यवस्थापन तथा अध्यावधी गर्नका लागी जिम्मेवारी तोकी प्रत्येक पालिकाका वडा तहमा खटइएका संयोजकहरुले आ आफ्ना भनाइसहित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभापति रामनाथ अधिकारीले कार्यक्रममा सहभागी हुने सबै नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद प्रकट गर्दै पार्टीको कृयाशील सदस्य अध्यावधीको कार्यमा खटिएका सबै संयोजकहरुलाई विशेष आभार प्रकट गर्नुृ भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस