
बिबियु, नारी वाटिका डटकम
धादिङ- ७ साउन ।
इलाका पहरी गजुरी कार्यालयले धादिङको त्रिशूली नदी निनारमा काम गर्ने मजदुरहरुबाट नियन्त्रणमा लिएको बालुवा निकाल्न प्रयोग हुने सामानहरु फिर्ता गरेको छ ।
धादिङ जिल्लाको क्षेत्र नं. २ मा पर्ने त्रिशूली नदीकिनारबाट बालुवा झिकेर बिक्री गरी दैनिक गुजारा गर्दै आएका करिब ४२ जना मजदुरहरुको सामान बुधबार इलाका पहरी कार्यालय गजुरीका टोलिले नियन्त्रणमा लिइ बालुवा निकाल्न रोक लगाएको थियो ।
ति मजदुरहरुले वर्षालागेपछि त्रिशूली नदीकिनारमा भेलले बगाएर ल्याई थुप्रिएका बालुवा झिकेर सोही बालुवा बिक्री गरी परिवार चलाउँदै आएका मजदुरहरुलाई बुधबार इलाका प्रहरी कार्यालय गजुरीको टोलीले लखेटेर उनीहरुले बालुवा झिक्न प्रयोग गर्ने परम्परागतका सामानहरु थुन्से, साबेल तथा फलामका डिब्बाहरु सहितका सामानहरु नियन्त्रणमा लिएको मजदुरहरुले बताएका थिए।
मजदरुका विरुद्धमा उजुरी परेकोले उनीहरूले बालुवा झिक्नको लागी प्रयोग गर्ने सामानहरु नियन्त्रणमा लिई हाललाई नदीबाट बालुवा निकाल्न समेत रोक लगाईएको इलाका प्रहरी कार्यनलय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले पुष्ट्याउनु भएको थियो ।
तर वर्षाद्को समयमा बाढीले बगाएर ल्याई नदी किनारमा थुप्रिएका बालुवा झिकेर बिक्री गरी दैनिक गुजारा गरेर परिवार पाल्ने मजदुरमाथि कडाइ गरिएको भन्दै मजदुरहरु र स्थानीयले प्रहरीको कदमप्रति कडा आपत्ति जनाएका थिए।
घटनाछी स्थानीय तथा मजदुरको चर्को गुनासो आएपछी आज मजदुरहरुलाई बोलाएर प्रहरीले नियन्त्रणमा लिएका सबै सामानहरु फिर्ता गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनु भयो।












प्रतिक्रिया दिनुहोस