आज: २०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

राधिका दासी विरुद्ध झुटा अफवाह फैलाउने वेदिका केसी पक्राउ

२०८३ श्रावण ८, शुक्रबार मा प्रकाशित ( ४४ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -८ साउन ।
धर्मगुरु एवं कथावाचिका राधिका दासीको व्यक्तिगत आचरणमा दाग लगाउने खालको अभिव्यक्ति दिईँदै आएकी वेदिका केसी पक्राउ परेकी छन्।

केसीले धर्मगुरु दासीको बारेमा सामाजिक सञ्जाल मार्फत गाली–बेइज्जती तथा नभएका धmुटा अफवाह फैलाएको आरोपमा बिहिबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको हो।

वेदिका केसीलाई पक्राउ गरिएको पुष्टी गर्दै साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप कुमार गिरिले उनीविरुद्धमा उजुरी परेपछी अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको बताउनु भयो।

विगत केही समयदेखी सामाजिक सञ्जाल मार्फत आफुले हिन्दु धर्मभित्रका विकृतिविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै,कथित धामी र माताहरूको पनि आलोचना गर्दै आएकी थिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस