
बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ साउन ।
देशभर मनसुनी वायूको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लागेको छ भने तराई भू(भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ भने देशभरका हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
जस अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान,कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
यसैगरी लुम्बिनी प्रदेशका पहाडी भू(भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पनि देशभर साधारणतया बादल लाग्ने, हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान, मधेश प्रदेशको तराई भू(भागका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस