आज: २०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ तेस्रो पटक प्रथम

२०८३ श्रावण ८, शुक्रबार मा प्रकाशित ( ६ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -८ साउन ।
हरेक महिनमा गरिने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ लगातार रुपमा तेस्रो पटक पनि प्रथम भएको छ।

देशभरबाट १५ वटा पहाडी जिल्लाका प्रहरी कार्यालय हरुमध्ये नेपाल प्रहरी प्रधान कार्यालयले गरेको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जि.प्र.का धादिङले सबैभन्दा बढी अंक ल्याएर उत्कृष्ट कार्यसम्पादनको पहिलो सुचिमा पर्न सफल भएको हो।

कार्य सम्पादन मुल्याङनका मुख्य आधारहरु प्रशासनिक सुधार,अभिलेख व्यवस्थापन, अपराध रोकथाम तथा न्यूनीकरण, आपराधिक घटनाको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागूऔषध नियन्त्रण, भन्सार तथा राजस्व छलीका सामान बरामद, पुराना मुद्दाको अनुसन्धान र फैसला कार्यान्वयन लगायतका सूचक रहेको थियो ।

त्यसैगरी कार्य सम्पादन मुल्यांकनमा राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान,,उजुरी तथा गुनासो व्यवस्थापन, प्रहरी कर्मचारीको गुनासो सुनुवाइ, अनुशासन, शान्ति सुरक्षा कायम गर्न तथा सरोकारवाला निकाय तथा नागरिकसँगको सहकार्य,समन्वय तथा विपद् व्यवस्थापनमा विशेष भुमिका निभाएको पाइएपछी जि.प्र.का.धादिङको प्रभावकारी रहेको उल्लेख गरिएको छ।

यससंगै स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकृतिविरुद्ध समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयहरू तथा समुदायमा गई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जस्ता प्रभावकारी गतिविधिले पनि जिल्ला प्रहरी कार्यालय धादिङ कार्य सम्पादन मुल्याङनमा लगातार तेस्रो पटक देशभरबाट प्रथम हुन सफल भएको प्रहरी नायब उपरीक्षक तथा प्रवत्ता प्रकाश दाहालले बताउनु भयो ।

पछिल्लो केही वर्षयता नेपाल प्रहरीको माथिल्लो तहबाट देशभरका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुलाई कार्यसम्पादन मूल्याङ्कन गरी सम्मान तथा उत्कृष्ट कार्य गर्ने मातहतका कार्यालयलाई प्रहरी संगठनको दरिलो आधारसमेत मानिने गरी अभिलेखीकरण गरिने परिपार्टीले मुख्यतया प्रहरी निकायबाट नागरिकले विशेष लाभ लिन सक्ने र समाजमा हुने अपराधजन्य घटनाको न्युनिकरणमा सहयोग पुग्ने देखिन्छ ।

यसका साथै राम्रो काम गर्ने प्रहरी कर्मचारीहरुको मनोबल बढाउनुको साथै कर्मचारीमा जिम्मेवारीबोध र कार्यदक्षता साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यावसायिक बनाउन सहयोग पुग्ने हुनाले नेपाल प्रहरीले सुरु गरेको यस नितिलाई निरनतरता दिन सके समाजमा थप सान्ति सुरक्षा कायम हुने देखिन्छ । ‘

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस