
नारी वाटिका डट्कम
काठमाडौं -११ साउन ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब ३ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२ -०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक तीनथाना सडकखण्डमा सोमबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएकोे हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो।
घटनामा दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बी एण्ड बी अस्पताल, ग्वार्को, ललितपुर रिफर गरिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका-१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा मृत्यु भएको थियो भने
यस्तै, स्कुटरको पछाडि सवार काठमाडौंको चन्द्रागिरि नगरपालिका १४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई बिहान ७ः५ बजे मृत्यु भएको हो ।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस