
विराटनगर -११ साउन ।
सुनसरीको देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा गएराति भएको दुई पक्षीय तनाव थप भड्किएपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
स्थानीय प्रशासनद्वारा जारी कर्फ्यु आदेशको प्रवाह नगरी आज (सोमबार) बिहानैदेखि प्रदर्शनकारीहरूले सडकमा टायर बालेर तोडफोड र आगजनी गरेपछि हतियारसहितको सेना परिचालन गरिएको हो।
दुई समुहबिचमा झडव हुंदा एकजनाको मृत्यु समेत भैसकेको छ भने आज विहानैदेखी स्थिति थप तनाब बन्दै गएपछी हतियारसहितको नेपाली सेना परिचालन गर्न वाध्य हुनु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो ।
स्थिति नियन्त्रणको लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो उपस्थिति हुँदा पनि कर्फ्यु अवज्ञा गर्दै उत्तेजित स्थानीयको भिड नियन्त्रणभनदा बाहिर जान थालेपछि सेनाको सहयोग लिनु परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
नेपाली सेनाको हतियारसहितका टोलीले कप्तानगञ्ज स्थित घटना स्थलको गस्ती बढाएपछि अवस्था नियन्त्रणमा आएको प्रशासनले जनाएको छ। यद्यपि देवानगञ्ज, लौकही, हरिनगर र जिल्ला सदरमुकाम इनरुवासम्म प्रदर्शन फैलिएकाले अवस्था अझै संवेदनशील रहेको सुरक्षा समेनत्रको भनाई छ।
यही साउन ९ गते आइतबार राति धार्मिक झण्डा हटाउने र मन्दिरमा ठूलो स्वरमा डीजे बजाएको भन्दै दुई धार्मिक समुदायबीच झगडा हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
सोही क्रममा गोली लागेर यन्य नौ जना सर्वसाधारणहरु समेत घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। झडप र प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ।
साथै घटनामा निकै सुरक्षा चुनौती बढेपछि कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार प्रदेशका अन्य जिल्लाहरूबाट पनि अतिरिक्त प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरीमा झिकाइएको हो।
यस घटनाको छानबिनका लागी गृह मन्त्रालयले आपत्कालीन बैठक बसी गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति गठन गरेको जनाएकोछ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सुरक्षा व्यवस्था कडा बनाउँदै शान्ति(सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने प्रयास भइरहेको जानकारी दिए ।
घटनाको सम्वन्धमा पछिल्लो अपडेट आउन बाँकी












प्रतिक्रिया दिनुहोस