आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

आजैदेखी लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८३ श्रावण १८, सोमबार मा प्रकाशित ( १ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१८ साउन ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज(सोमबार) बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरिएको निगमले जानकारी दिएको हो।

निगमको नयाँ दर रेट अनुसार पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरि निगमले बढाइएको छ।

यसैगरी आन्तरिक उडान तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति लिटर १३१ अमेरिकी डलरले मूल्य समायोजन गरिएको जनाएको छ।

नयाँ मूल्यसूची अनुसार पहिलो वर्ग मानिएको क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको निगमको भनाइ छ।

सोही अनुसार डिजेल तथा मट्टीतेलको मूल्य पनि पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।

केही समयअघि मात्रै घटेको पेट्रोलियम पदार्थको मूल्य यसरी मुल्य वृद्धी हुनुमा भारतीय आयल कर्पोरेसनबाट नयाँ मुल्य वृद्धि भएर आएकोले सोही आधारमा नेपालमा पनि मूल्य वृद्धी गरिएको निगमको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस