आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भेरी नदीमा बोलेरो जीप खस्यो दुई जना सकुशल, दुईको अवस्था अज्ञात

२०८३ श्रावण २७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम
सल्यान -२७ साउन ।

सल्यानको वनगार्ड कुमिण्डे १ स्थित भेरी नदीमा बोलेरो जीप खसेको छ।

प्रारम्भिक जानकारी अनुसार लु.१ ज.३०२२ नं को जीप सल्यानको वनगार्ड कुपिण्डे नगरपालिकाको अम्रा भन्ने स्थानमा आज दिउँसो अ.२ बजेतिर जीप भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख देवराज भट्टाराइले जानकारी दिनु भयो ।

उक्त जीपमा चार जना सवार रहेको र चारमध्ये दुई जना मध्यम घाइते भएको अवस्थामा आफै नदीबाट बाहिर निस्कन सफल भए भने दुइ जनाको अवस्था अज्ञात रहेको छ ।

गुडिरहेकै अवस्थामा जीप सडकदेखी करिव २० मिटर तल नदीमा खसेपछि दुई जनाको अवस्था अझै जानकारी हुन सकेको छैन।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रसनि प्रेम व.हमालको कमाण्डमा अन्य सुरक्षाका टोलीसहित घटनास्थलमा पुगेको बताइएको छ।

दुर्घटना भएको जीपसहित बेपत्ता दुइ व्यक्तिको खोजी तथा उद्धारका लागि थप प्रयास भइरहेको प्रहरीले जनाएको छ।

जीपमा सवार व्यक्तिहरूको पहिचान तथा उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस