आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

थोपल खोलाको कुडुले ड्यामबाट बगेर १९ वर्षीय युवकको मृत्यु

२०८३ श्रावण २७, बुधबार मा प्रकाशित ( १ महिना अघि) २५७४ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डटकम
धादिङ -२७ साउन ।

धादिङको निलकण्ठ नगरपालिका ३ स्थित सीतलबजारदेखी साँकोष जाने पुल छेउमै रहेको थोपल खोलाको कुडुले ड्यामबाट बगेर एक १९ वर्षीय युवकको मृत्यु भएको छ ।

रुविभ्याली गाउँपालिका–३ घर भई हाल नगरपालिका ३ स्थित धादिङवेशी निलकण्ठ माद्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय नरेश घलेको थोपल खोलाको कुडुले माथि रहेको ड्यामबाट बगेर बेपत्ता भएको हो ।

उनी केही समयअघि उक्त ड्यामबाट बगेर बेपत्ता भएका र खोजी गर्ने क्रममा पुछार बजारस्थित पुल नजिक थोपल खोला किनारमा मृत अवस्थामा फेला पारिएको हुन्। अहिले मृतक घलेको शव जिल्ला अस्पताल धादिङमा ल्याइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%

प्रतिक्रिया दिनुहोस