आज: २०८३ भाद्र १७, बुधबार | Wed, 02, Sep, 2026

भोटेकोशी बाढीस् मृत्यु हुनेको संख्या १,१२७ पुग्यो,अझै ४,८५८ जना बेपत्ता

२०८३ भाद्र १७, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -१७ भदौ ।

तिव्वतबाट रसुवाको भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको भिषण बाढीमा परी मृत्यु हुनेको संख्या १,१२७ पुगेको छ भने बेपत्ताको संख्या पनि बढेर ४,८४८ पुगीसकेको छ ।

नेपाल प्रहरीले आज (बुधबार) बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार तटीय क्षेत्रका विभिन्न स्थानबाट हालसम्म १,१२७ जनाको शव फेला परेको छ ।

प्रहरीको अध्यावधि विवरण हालसम्म भेटिएकामध्ये १ हजार ११३ शवको लास जाँच मुचुल्का गरिएको छ। सोही बिनाशकारी बाढीमा परी अझै ४ हजार ८५८ जना मानिसहरू घटनाको दिनदेखी बेपत्ता भएको अवस्था छ ।

भदौ १० गते विहान करिव ८ः३० बजेतिर चिनतर्फबाट नेपालमा अचानक आएको भिषण बाढीका हाल आएर नेपालमा नसोचेको जनधनको क्षति भएको छ ।

बाढीमा परी मृत्यु भएकाहरुमध्ये हालसम्म ९५ वटा शवको मात्र पहिचान भइ मृतकका परिवारले बुझिलिएका छन्। ९११ जना मृतकको भने अझै पहिचान खुल्न सकेको छैन।

मृतकका आफन्तले पहिचान गर्न सकुन् भन्ने उद्देश्यले प्रहरीले पहिचान नखुलेका ९११ वटा शवको विवरण आफ्नो आधिकारिक वेबसाइटमा अपलोड गरेको जनाएको छ।

उक्त बिनाशकारी बाढीपछी प्रचावित क्षेत्रका नदी किनारमा जमेको बाक्लो लेदो र अवरुद्ध सडकमार्गको कारण खोजी तथा उद्धारका टोलीलाई खोजी कार्यमा निकै असहज भएपनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी,उद्धार र मृत्कका शव व्यवस्थापनको कार्यलाई तीव्र पारेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस