
रसुवा १७ भदौ ।
विनाशकारी बाढीमा परी रसुवाको टिमुरेमा खोज तथा उद्धारमा खटिएका टोलिले माटोको थुप्रोले पुरिएको अवस्थामा एकै स्थानमा ठूलो संख्यामा शव फेला परेका छन्।
प्रहरीका अनुसार उद्धार टोलिले खोजीका क्रममा टिमुरेको एकै ठाउँबाट ९८ जनाको शव भेटेका हुन् । रसुवाको विनाशकारी बाढीले रसुवा,नुवाकोट,धादिङ,गोरखा लगायतका जिल्लामा ठुलो धन जनको क्षति भएको छ ।
बाढीका कारण टिमुरेसहित चीनमा भन्दापनि नेपालतर्फको सीमावर्ती क्षेत्रमा निकै ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीको लेदोसहितको मुस्लोमा बगेर पुरिएका धेरै मानिसहरुको अवस्था अझै अज्ञात रहेको छ।।
८ दिनदेखी खोजी र उद्धारमा खटिएका टोलीले जोखिमपूर्ण रुपमा काममा खटिएका छन् । माटो तथा भग्नावशेष हटाएर खोजी कार्यलाई तिब्र पारेका छन् । त्यसैगरी उक्त विनाशकारी बाढीले रसुवा,नुवाकोट,धादिङ,गोरखा लगायतमा सडक, पुल, विद्युत् आयोजना तथा अरबौंको भौतिक संरचनाहरु ध्वस्त पारेको छ ।












प्रतिक्रिया दिनुहोस