आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

भोली हरीतालिका तिजको व्रत बस्नको लागी शक्ति आर्जन गर्न आज दर खाने तयारी

२०८३ भाद्र २८, आईतबार मा प्रकाशित ( ५ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -२८ भदौ ।

नेपाली नारीहरुको महत्वपुर्ण पर्व भोलीको तिज मनाउन आजैदेखी दर खाएर शक्ति आर्जन गरिँदै छ ।

हरितालिका (तीज) अन्तर्रगग आज राति विभिन्न परिकारहरु बनायर दर खाने र भोली तीजको व्रतका लागि तयारी गरिँदैछ । हिन्दुधर्मालम्वी महिलाहरुले भोली हरितालिका तीजको निरहार ब्रत बस्नु पर्ने भएकोले पनि शक्ति प्राप्त गर्न आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजको पर्व सुरु हुदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ ।आफ्ना चेलबेटीलाई माइतीले बोलाई मिठा मिठा परीकार बनाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले गर्दा भोली बस्ने व्रतका दिन आडिलो बनाउँछ ।

विगतमा विशेषगरी क्षेत्री,मगर, परियार,मिजार,विश्वकर्मा तथा ब्रमाण लगायतका महिलाहरुले मनाउने तिज पर्व पहिल्ला समयमा अन्य जातिका महिलाहरु पनि मनाउन थालेका छन् । साथै नेपालमा मात्र मनाइने तीजपर्व हिजो आज सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ बजाउन थालिएको छ ।

विशेष महत्व रहेको भोली बस्ने तीजको नीराहार व्रतको अघिल्लो दिन आज दर खाने प्रचलन रहेको हो । तीजको व्रत बस्दा सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्दैछन् । बिवाहित चेलिले माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई लिन आउने र माइतीघरमा गएर आमा हुनेले आमा,तथा मान्यजनको हातले दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइ सक्नु पर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउनु हुन्छ ।

विशेषगरी महिलाहरूले वर्षभर आफूलाई घर व्यवहार तथा विभिन्न कारणले परेका दुःख, पीर, मर्कालाई तीजका दिन गितको माध्यमबाट पोख्ने पर्वका रुपमा लिइन्छ । तीजका अवसरमा गीतबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्ने गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका हुन् ।

तर पछिल्ला समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक बढेको पाइन्छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने,अझ समुह मिलेर एकैखाले पोसाक प्रदर्शन गरी तिजका नाउँमा होटल रेष्टुरेन्टमा मदिरा पार्टी गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्रीहरुले बताएका छन् ।

तीजको दिनमा भगवान महादेवको पुजा आरधना गरी व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर भनेको आज एकदिन मात्रै विशेष महत्वका साथ खाएर मनाउने हो तर हालको चलन त महिनौँ अघिदेखि होटल रेष्टुरेन्टमा पार्टी गर्दै दर खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा तामसी चिज हुनुले पनि नेपालीका महत्वपुर्ण यस्ता संस्कृतिलाई विकृतितिर लगेको गुनासो बड्दै गएको हो ।

यति मात्रै नभएर हिजो आज विद्यालयहरु,स्थानीय तह तथा सरकारी कार्यालयमा समेत बजेट छुट्यारै एक महिनाअघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको अवस्था देखिन्छ । समाजमा सुरु भएको यस्ता विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका स्थानीय सरकार तथा सरकारी कार्यालयमा नै यी विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको देखिन्छ ।

सामथै संस्कृतिलाई विकृतिका रूपमा लैजान नागरिकको करबाट चलेका सरकारी संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख समेत रहनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई बताउनु हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस