आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

कृष्णभिरमा निर्माण कार्य तीव्र गतिमा,सडक सुचारु गर्ने तयारी गरिँदै

२०८३ भाद्र २८, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) २१८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -२८ भदौ ।

धादिङको पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा भासिएको सडक निमार्ण कार्य सम्पन्न गरी पुन ःसञ्चालनमा ल्याउने तयारी भैइरहेको छ ।

लाईफलाईनमा रहेको यस पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभिरमा भदौ १४ गते त्रिशुली नदी कटानका कारण नदी किनारबाटै सडक भासिएपछी सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।

साना ठुला कुनैपनि सवारी साधन चल्न नमिल्ने गरी उक्त सडकखण्डमा भासिएसपछी तत्काल सडक संन्चालनमा ल्याउन निर्माण कार्य तीव्र गतिमा लगिएको हो।

सडक निर्माणमा खटिएका प्राविधिकका अनुसार एक साताभित्र उक्त सडक पुर्ण रुपमा संन्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको बताए । निर्माणको गतिलाई तिब्र बनाउन दिनरात हेभी मेसिन परिचालन गरेर भित्ता काट्ने,ढुंगा माटो हटाउने काम भइरहेको छ ।

भदौ १४ मा नदीले कटान गरेपछी निकै जोखिमपुर्ण रुपमा भासिएको यस सडकमा पुरानो स्थानभन्दा केही फिट माथीपट्टी भिरलाई काटेर नयाँ सडकको स्वरूप तयार पार्न लागिएको हो।

सडक विभागको भनाइ अनुसार सकभर यसै भदौभित्रै डाइभर्सन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस