
बिबियु,नारी वाटीका डट्कम
धादिङ -३० भदौ ।
पृथ्वी राजमार्ग अन्तर्रगत धादिङको कृष्णभीरमा अवरुद्ध भएको सडक पुर्ण निर्माणको काम करिव सकिएको छ । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा भदौ १४ देखी नदी किनारबाट सडक भासिएको थियो । सडक भासीएपछी दुबै तर्फ अवरुद्ध भएको स्थानमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको हो।
भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको भिषण बाढीले उक्त खण्डमा पुर्ण रुपमा सडक क्षति भएपछी पुरानो सडकभन्दा केही माथीबाट पहाड काटेर निर्माणको काम थालिएको थियो । केही दिनदेखी तिब्रगतिमा निर्माणको काम भैइरहेकोमा करिव ९० प्रतिशत काम सकिएपछी दुई दिनअघि सडक परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ ।
यही भदौ १० गते बिहान आएको त्रिशुलीको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्याएको थियो भने भदौ १४ आएको अर्को बाढीले उक्त सडकखण्डमा पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो।
त्यसपछी सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकको सहयोगमा ४ दिनसम्म अध्ययन गरी विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए। सोही अनुसार यही भदौ १९ गतेदेखि रुख कटान पहिलेको सडकभन्दा ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड पहाड काटेर नयाँ ट्रयाक निर्माण गरिएको छ।
यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन्। तिब्रगतिमा काम भएकोले १० दिनमै सडक संन्चालनमा ल्याउन सफल भएको हो ।
सडक विभागका अनुसार हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको सडक विभागले जनाएको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुने र बिहिबार अर्थात आगमी असज १ गते बिहानदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन गरिने बताएको छ ।












प्रतिक्रिया दिनुहोस