आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

खोलाले बगाउँदा बेनिघाटरोराङ–२ मा एक महिलाको मृत्यु

२०८३ आश्विन १०, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४६६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -१० असोज ।

धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ मा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ। लगातारको वर्षापछि बेनिघाटरोराङ गाउँपालिकाको ताल्ती खोलामा आएको बाढीले बगाएर ४१ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्रबार खोला तर्ने क्रममा बाढीले बगाउँदा पार्लाक घर भएकी चेपाङको मृत्यु जनाएको छ। सँगै खोला तर्ने सोही गाउँकी अर्की रमिसा चेपाङ भने खोला पार गरी सकेकी थिईन् ।

दुई दिनदेखि लगातारको वर्षाले धादिङका साना तथा ठुला खोला नदीमा पानीको बहाव बढेको छ। लगातारको वर्षाका कारण साना खोलाहरुमा बाढी आउने र त्यस्ता खोलाहरुमा पुर्व जोखिम न्युनिकरणका प्रतिकार्य योजना खासै नगरिने भएकोले पनि ग्रामिण र दुर्गम भेगमा बसोबास गर्ने समुदायमा बाढी,पहिरोको उच्च जोखिम हुंदै आएको छ ।

साथै तिन दिनदेखीको लगातारको वर्षापछि पृथ्वी राजमार्ग अन्तर्रगत धादिङका विभिन्न स्थानमा पहिरो खसेपछि सुक्रबार विहानदेखी यातायात सञ्चालनमा अवरुद्ध आएको छ।

सोही अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागी पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑