आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

आज यी प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

२०८३ आश्विन १०, शनिबार मा प्रकाशित ( ४३ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -१० असोज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको पुर्व सुचना अनुसार आज  देशका अधिकांश भूभागमा मौसम बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मुसलधारे वर्षा हुने पुर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली भैरहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका अधिकांश स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहितको मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारीदेखि अति भारी वर्षा हुनेछ । साथै कोशी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले पुर्वानुमान गरेको छ। आज राति लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पुर्वानुमान गरिएको छ।

यसैगरी,आज मधेससहित कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भु-भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑