आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

कृष्णभिरको पहिरो हटेपछि पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

२०८३ आश्विन १०, शनिबार मा प्रकाशित ( २ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -१० असोज ।

धादिङको कृष्णभिरमा दुइ दिनअघि पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गमा आज पहिरो पन्छाएपछी एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ।

बिहीबार राति माथीबाट ठुलो ढुंगासहितको पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको हो।

तर लगातार वर्षा भैइरहेको कारण पृथ्वी राजमार्गको धेरै स्थानमा पहिरो खसेर सडक संन्चालनमा समस्या आएको अवस्था भने कायमै रहेकाले पहिरोको जोखिमलाई ध्यानमा राखी सवारी चालकहरुले सावधानी पुर्वक यात्रा गर्नु पर्ने हुन्छ ।

उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकोले हालको वर्षाद्को समयमा जिल्ला प्रशासन कार्यालय धादिले रातको समयमा सवारी साधन चलाउन रोक लगाउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑