
नारी वाटिका डट्कम
पर्वत -११ असोज।
केही दिनदेखीको अभिरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउाँदा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ ।
आईतबार आएको बाढीका कारण उक्त गाउँमा ६६ वटा घर पूर्णरूपमा बगेका छन् । यससंगै सोही गाउँका थप २३ वटा घर उच्च जोखिममा परी बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बाढी पहिरोको उच्च जोखिममा रहेकाले उक्त घरमा भएका सरसामानहरु सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सुरक्षित स्थान तर्फ सार्ने कार्य भइरहेको बताइएको छ ।
बाढी प्रभावितको उद्धारका लागी सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत,नेपाल प्रहरीका उद्धार टोली तथा अन्य सुरक्षा निकायका टोली सहितका टोलीले उद्धार तथा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् ।
लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाव बढेपछी फर्से गाउँ वस्तीमा थप क्षति हुन सक्ने पुर्वानुमान गरी स्थानीयलाई उच्च सतर्कता अपनाउन सचेत गरिएको छ।












प्रतिक्रिया दिनुहोस